पार्टीले टिकट नदिएकालाई हुम्लीले गरे न्याय

660
views

काठमाडौं, २३ मंसिर । वि।स। २०४६ को राजनीतिक परिवर्तनपछि हरेक पटकको हुम्लाको निर्वाचनमा नयाँ नसोचेको परिणाम प्राप्त हुदै आएको छ । प्रत्येक निर्वाचनमा फरक फरक परिणाम आएका कारण र राजनीतिक दलले जनप्रभावी नेतालाई चिन्न नसक्दा त्यस्तो परिणाम आउने गरेको हो । यस पटकको निर्वाचन पनि हुम्लाको निर्वाचनमा यस्तै भयो । संयोग पनि कस्तो पर्यो भने स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनुभएका छक्कबहादुर लामा नेपाली कांग्रेसको लोकतान्त्रिक गठबन्धन र नेकपा –एमाले० तथा नेकपा –माओवादी० को वामगठबन्धनलाई छक्याउदै प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षबाट निर्वाचित हुनुभयो । उहाँले वाम गठबन्धनका छिमिदोर्जे लामा र कांग्रेसका मङगलहादुर शाहीलाई पाखा लगाउँदै विजयको झन्डा फहराउनु भएको हो । उहाँले ८ हजार ४९१ मत विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्धन्द्धी शाहीले ८ हजार ४४४ मत प्राप्त गर्नुभएको छ ।