वीरजञ्ज नाकाबाट निकासी घट्यो

658
views

२३ मंसिर, पर्सा । मुलुकको मुख्य नाका वीरगञ्जबाट नियमित रुपमा निकासी घटेको छ । चालु आर्थिक वर्षको प्रथम चौमासिकमा यी वस्तुको भारत तथा तेस्रो मुलुकतर्फको निकासी घटेको छ । यसले मुलुकको व्यापार घाटा झनै बढ्ने संकेत गर्छ ।
यस अवधिमा निकासी भएका मुख्य पाँच वस्तुमा क्रमशः जुस जाम , स्पोटर््स, जुत्ता, दन्तमञ्जन, रेसाको कपडा र जीवजन्तुका दाना छन । परिमाणको आधारमा दानाबाहेक अन्य ४ वस्तुको निकासी घटेको वीरगञ्ज भन्सार कार्यलय को तथ्यांकले देखाएको छ । समग्रमा यिनै वस्तुहरु यो नाकाबाट नियमित रुपमा निकासी हुने मुख्य वस्तु हुन ।
गत आर्थीक वर्षको पहिलो चौमासिकमा यो नाका हुदै ३६ करोड २० लाख रुपैयाँ बराबरको ५१ लख ६८ हजार लिटर जुस निकासी भएकोमा चालु आवको यस अवधिमा २२ करोड ७९ लाख बराबरको ३१ करोड ६२ लाख लिटर मात्र जुस जाम निकासी भएको छ । जुस जाम विशेषगरी डाबर नेपालको उत्पादन भरत निकासी हुने गर्दछ । आजको कान्तिपुर दैनिकबाट