एमाले नेता झलनाथ खनाल विजयी

575
views

इलाम, २४, मंसिर । पूर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट विजयी भएका छन् । खनालले ३६ हजार ८ सय ७ मत प्राप्त गरेर ५ औं पटक जित निकालेका हुन् । खनालका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार भूपेन्द्र कट्टेलले १९ हजार ६ सय ३७ मत प्राप्त गरेका छन् ।
त्यस्तै क्षेत्र नं. १ प्रदेश ‘ख’ तर्फ एमालेका काजिमान कागते विजयी भएका छन् । उनले १७ हजार ८ सय ९६ मत प्राप्त गरे । दोस्रो भएका कांग्रेसका दुर्गा बरालले १० हजार ३१ मत पाएका छन् । क्षेत्र नं. २ मा एमालेका सुवास नेम्वाङसहित सवै प्रदेश सभाहरुमा बाम गठवन्धनका उम्मेदवारको अग्रता छ ।