मित्रराष्ट्र म्यानमारका हलिङ चारदिने नेपाल भ्रमणमा

757
views

काठमाण्डौ, २४ मंसिर । मित्रराष्ट्र म्यानमारका कमाण्डर ईन चिफ डिफेन्स सर्भिस सिनियर जनरल मिन अङ हलिङ मंसिर २४ गतेदेखि २७ गतेसम्म चारदिने नेपाल भ्रमणमा आउने भएका छन् ।


हलिङ सशस्त्र द्वन्द्व पश्चात् तत्कालिन लडाकुहरुको नेपाली सेनामा भएको सफल समायोजन सहितको शान्ति प्रक्रिया, नेपाली सेनाद्वारा भूकम्पको समयमा सिकेका पाठहरु र संयुक्त राष्ट्र संघको आव्हानमा विश्व शान्ति स्थापना कार्यमा सेनाले पु¥याएको योगदानको अनुभव सम्बन्धी जानकारी हासिल गर्नु रहेको सैनिक जनसम्र्पक तथा सूचना निर्देशनालयको कार्यालयले जनाएको छ ।
सिनियर जनरल मिन अङ हलिङ लाई बलाध्यक्ष रथी हेमन्तराज कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुको साथै टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गर्नुका साथै जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उहाँको सम्मान गारत अर्पण गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा सिनियर जनरल मिन अङ हलिङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेर बहादुर देउवा र रक्षामन्त्री भिमसेनदास प्रधानसँग छुट्टाछुट्टै भेट्वार्ता गर्ने कार्यक्रम रहेको छ ।