भारी मत बढाउँदै पुष्पकमल दाहाल ‘प्रचण्ड’

674
views

चितवन, २५ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन ३ मा मतान्तर निकै बढाएका छन् । आइतबार साँझसम्म कांग्रेस र राप्रपा प्रजातान्त्रिकका उम्मेदवार बिक्रम पाण्डेसँग करिब पाँच हजार मतान्तर रहेकोमा राती त्यो बढेर १० हजार पुगेको छ । सोमबार बिहान ६ बजेसम्मको परिणाम अनुसार पाण्डेभन्दा प्रचण्ड ९४६६ मतले अगाडि छन् । चितवन ३ मा खसेको मत ९३ हजार ८२३ मध्ये ६९ हजार ५२४ मत गणना भैसकेको छ। जसमा प्रचण्डले ३६ हजार ५७७ र पाण्डेले २७ हजार १११ मत ल्याएका छन् । अहिलेकै रफ्तारमा मतगणना हुँदा सोमबार साँझसम्ममा चितवन ३ को परिणाम आउने बताइएको छ ।