इङलिस प्रिमियर लिगः म्यान्चेस्टर सिटीद्वारा म्यान्चेस्टर युनाईटेड पराजित

449
views

काठमाण्डौ, २५ मंसिर । इङलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले म्यान्चेस्टर युनाईटेडलाई २(१ ले हराएको छ ।गएराति म्यान्चेस्टर युनाईटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको म्यान्चेस्टर डर्बीमा सिटीलाई विजयी गराउन डेभिड सिल्भा र निकोलस ओटामेण्डीले एकरएक गोल गरे ।म्यान्चेस्टर युनाईटेडका मार्कस रास्फोर्डले एक गोल गरेका थिए । जितसँगै म्यान्चेस्टर सिटीले तालिकाको शीर्ष स्थानमा ११ अंकको अग्रता लिएको छ ।

प्रिमियर लिग फुटबलमा गएराति भएका अन्य दुई खेलहरु बराबरीमा सकिएका छन् । आर्सनललाई साउथह्याम्पटनले १(१ गोलको बराबरीमा रोक्दा लिभरपुल र एभर्टनले पनि १(१ गोलको बराबरीमै चित्त बुझाएका छन् । प्रिमियर लिग फुटबलमा गएरातिका खेलपछि १६ खेलबाट ४६ अंकसहित म्यानचेष्टर सिटी शीर्ष स्थानमा छ भने ३५ अंकको म्यानचेष्टर युनाइटेड दोस्रो स्थानमा छ । त्यसैगरी ३२ अंकसहित चेल्सी तेस्रो स्थानमा रहेको छ ।