बाम नेतृत्वको सरकारले भारतकै स्वार्थमा काम गर्ने पक्का छः बर्मा

746
views

काठमाण्डौ, २६, मंसिर । काठमाडौं । भारतीय वाम बुद्धिजीवि आनन्दस्वरुप बर्माले नेकपा एमाले र माओवादी केन्द्रको नेतृत्वमा बन्ने चुनावपछिको सरकार पनि भारतीय स्वार्थविरुद्ध जान नसक्ने बताएका छन् । चुनावको समग्र परिणाम नआउँदै एमाले र माकेले सरकार बनाउने निश्चित भएपछि पहिलो पटक एक पत्रिकालाई अन्तरवार्ता दिँदै बर्माले अब बन्ने सरकारले पनि साम्राज्यवादी आर्थिक नीति लागू गर्ने भएकाले अपेक्षा गरेअनुसार जनताको जीवनमा परिवर्तन आउने गरी कुनै काम नहुने बताए ।

बर्माले जनयुद्धलाई आतंककारी देख्ने एमाले र माकेबीचको एकता त्यति सहज नभएको र त्यसलाई फुटाउन भारतले प्रयास गर्ने बताए । उनले एमाले माकेको सम्झौताभित्र देशको हित गर्ने कुनै सोँच नभएको समेत ठोकुवा गरे ।

बर्माले दक्षिण एशियासहित पूरै विश्वमा फासीवाद उर्लिरहेको बेला एमाले–माकेको गठजोडले दिएको परिणाम सकारात्मक भएको समेत बताए । उनले भने,‘सम्पूर्ण विश्वमा चाहे अमेरिकामा डोनाल्ड ट्रम्प, जापानमा सिङ जावे, जर्मनी, भारतमा मोदी सबैतिर फासिवाद बढ्दै गएको छ । यस्तो अवस्थामा थोरै पनि फासिवाद विरोधी उदारवादी शक्तिहरू देखिन्छन् भने त्यो सकारात्मक पक्ष हो ।’

‘वाम एकता, वाम सरकार, नाम, झन्डाले भारतमा पर्नसक्ने मनोवैज्ञानिक प्रभावको कारण पनि मोदी सरकार पूरै शक्तिको साथ वाम गठबन्धनको विरुद्ध लाग्ने दाबी गरे

वाम गठबन्धनले दुई तिहाई ल्याएर सरकार बनाएछ भने पनि उनीहरूले साम्राज्यवादी आर्थिक नीतिलाई नै लागू गर्नेछन् । विश्वभर ‘हेर, नेपालमा कम्युनिस्ट सरकार आयो’ यस्तो प्रचार नहोस् भनेर साम्राज्यवाद चनाखो छ ।