सुनसरी–३ बाट गच्छदार विजयी

682
views

सुनसरी, २७ मंसिर । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका विजय कुमार गच्छदार विजयी भएका छन् । बामगठबन्धनकी भगवती चौधरीलाई २८१ मतले पराजित गर्दै छैटौं पटक गच्छदार सिंहदबारको यात्रा तय गर्न सफल भएका हुन् । गच्छदारले ३८९७२ मत पाएका छन् भने भगवतीले ३८६९१ मत पाइन् ।