वाम एकताका लागि राष्ट्रिय जनमोर्चा सकरात्मक

567
views

काठमाण्डौ, २७, मंसिर । चित्र बिग्रेपछि विचित्र बन्छ भन्दै एमाले माओवादीलाई घोचपेच गर्ने पार्टी राष्ट्रिय जनमोर्चाले बाम गठबन्धनलाई सप्रिएको चित्र मानेको छ । वामपन्थी पार्टीहरुको एकताका लागि आफ्नो पार्टी सकारात्मक रहेको राष्ट्रिय जनमोर्चाले बताएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग तालमेल गरेको पार्टीले निर्वाचनको परिणाम उत्साहजनक रहेको तथा मतदाता र कार्यकर्ताको अपेक्षा बलियो कम्युनिष्ट पार्टी निर्माणको आवश्यकतामा जोड दिएको छ ।

सिद्धान्त, राजनीति र संगठनको विषयमा सही समझदारीमा पुगेर मजबुत धरातल निर्माण गरी पार्टी एकतामा जान सुझाव पनि दिएको छ ।

विज्ञप्ति जारी गरी प्रतिक्रियावादी र विस्तारवादी शक्तिका विरुद्ध एकीकृत हुँदै राष्ट्रियताको रक्षा, संविधानको कार्यान्वयन र जनतन्त्रको लक्ष्य प्राप्तिमा अघि बढ्नु पर्नेमा जोड दिएको छ ।