‘पंगा’ पुस २१ गतेदेखी प्रर्दशन हुने

561
views

पोखरा, २७, मंसिर । श्याम शुक्ला फिल्म प्रोडक्सन, पोखराले तयार गर्न लागेको टेली चलचित्र ‘पंगा’ आगामी पुस २१ गतदेखि पोखरामा प्रदर्शन हुने भएको छ ।

पोखरेली कलाकारले अभिनय गर्ने उक्त टेली चलचित्रले वर्तमान समाजका भोगाइ र युवायुवतीले भोगेका समस्यालाई चित्रण गर्न खोजेको चलचित्रका निर्देशक राम बास्तोलाले आज यहाँ आयोजित पत्रकारसम्मेलनमा जानकारी दिनुभयो ।

उहाँका अनुसार पोखराको गण्डकी टेलिभिजन र पोखरा टेलि भिजनमार्फत एक वर्ष प्रस्तुत गरिने उक्त चलचित्र प्रत्येक हप्ताको शुक्रबार ७ः३० बजेपछि प्रसारण गरिनेछ । युवापुस्तालाई लक्षित गरिएको चलचित्र समाजमा लोकप्रिय बन्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।

चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष रेम विश्वकर्माले युवा कलाकारको सक्रियतामा प्रदर्शनको तयारी गरिएको टेली चलचित्र ‘पंगा’ लोकप्रिय बन्ने विश्वास व्यक्त गर्नुभयो ।