मैले गरेका गम्भिर भूल ! जसले मलाई निर्वाचनमा पराजित गरायो

832
views

–जनार्दन ढकाल
२०७० साल मंसिर ४ गते रसुवाली जनताले संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गर्न दिएको जनमतको कदर गर्दै संविधान निर्माणमा रचनात्मक भुमिका निर्वाह गरी संविधान निर्माण गर्न र सोही संविधानको जगमा टेकी हालको निर्वाचन सम्पन्न गरी संविधानको रक्षा, विकास र प्रयोग गर्दै देशमा देखिएको राजनीतिक अस्थिरताको अन्त्य गर्न खेलेको भुमिका के मेरो भूल थियो ? २०७२ साल बैशाख १२ गतेको विनासकारी महाभुकम्पमा परि मृत्युवरण गर्नु भएका मेरा सानुबुवा, सानुममी लगायत पारिवारीक आफन्त सम्मको पर्वाह नगरी पहिलो दिन देखिनै लाङटाङ लगायत १८ वटै गाविसका जनताको खोज, उद्धार तथा राहत वितरण कार्यमा अहोरात्र रुपमा खटी उल्लेखनिय भुमिका निर्वाह गर्नु के मेरो गंभिर भूल थियो ?

राजधानीबाट अत्यन्तै नजिक रहेर पनि विकास निर्माणबाट ठगिएको जिल्ला जन प्रतिनिधीको भुमिका बाट विमुख रहेको ठाउँमा हरेक सुख दुखमा बाक्लो उपस्थित जनाई सकारात्मक भुमिका निर्वाह गर्नु के मेरो भूल थियो ? देश भारतिय नाकावन्दी तथा तराइ मधेश आन्दोलनबाट आक्रान्त भई खाधान्न लगायत पेट्रोलियम पर्दाथबाट हाहाकार भै रहेको वेला रसुवागढी नाका पनि बैकल्पीक मार्ग को रुपमा छ भनी सो अवस्थामा विकास समितिको सभापति सहित, अर्थ मन्त्रि, उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रि समेत को टिमलाई फिल्ड अवलोकन गराई चिन बाट पेट्रोलियम पदार्र्थ लगायत अन्य सामग्री ल्याउन भुमिका निर्वाह गर्नु के मेरो गंभिर भूल थियो ?

बैकल्पीक नाकाको रुपमा रसुवागढी नाका लाई दोश्रो ठूलो अन्तराष्ट्रिय नाकाको रुपमा विकास गरी गल्छी–बेत्रावती–मैलुङ्ग–स्याफ्रुवेशी–रसुवागढी सडकलाई राष्ट्रिय राजमार्गको रुपमा निर्माण गर्न र रसुवागढीमा सुविधा सम्पन्न एकिकृत भन्सार कार्यालय निर्माण गर्न झण्डै ८ (आठ) अर्ब वजेटको ब्यवस्था गर्न उल्लेखनिय भुमिका निर्वाह गरी निर्माण कार्य प्रारम्भ गर्नु के मेरो गंभिर भूल थियो ?

रसुवाको टिमुरेमा सुख्खा वन्दरगाह निर्माण कार्यमा देखिएको जग्गा प्राप्ती देखिको समस्या समाधान गरी वन्दरगाह निर्माण कार्य प्रारम्भ गरीनु के मेरो भूल थियो ?

रसुवाको नौ कुण्ड गाउँ पालिकाको यार्सा जिल्लाकै सवै भन्दा विकट मानिन्छ त्यस स्थानमा बाटो लाने पहल आजसम्म कसैले गरेनन् मेरो विजय पश्चात पहिलो प्रयासमै रु १५ करोडको वजेट सुनिश्चित गरी हालको वडा नं. २ यार्सा–घाङमर सम्म बाटो खनी गाडी पुर्याउनु के मेरो भूल थियो ?

नौ कुण्ड गाउ पालिकाकै पारच्याङ्ग पाटिखर्कमा पुग्न पुरै नुवाकोट घुमेर जान पर्दथ्यो उक्त स्थानमा यातायात पुर्याउन को निम्त ३ करोड २० लाख वजेट ब्यवस्था गरी आज गाडी पुर्याउने काम गरीएको छ के त्यो मेरो भूल थियो ?

कालिकास्थान घुम्ति देखि जिवजिवे–किमारजुङ्ग–लामाचेत–चिति–कोलडाँडा बाटोको दयनिय अवस्थालाई मध्य नजर गरी पिच गर्न २१ करोड ५२ लाख वजेट ब्यवस्था गरी टेण्डर भई कार्य प्रारम्भको अवस्थामा पुर्याउनु के मेरो भूल थियो ?

ठूलो स्याफ्रुमा रु एक करोडको बजेट व्यवस्था गरि बाटो खोली यातायात पुर्याईएको र सोही सडकलाई स्तरोउन्नती गर्न ९ करोड ६२ लाख वजेट ब्यवस्थापन गरी टेण्डर भई कार्य प्रारम्भ गर्ने अवस्थामा पुर्याउनु के मेरो भूल थियो ?

२०७० साल भन्दा अगाडी करिव ६ महिना चल्ने र ६ महिना वन्द हुने राम्चे–मूलखर्क सडकलाई रु १० करोड को वजेट ब्यवस्थापन गरी बाटो वन्द हुने अवस्थाको अन्य गरीएको ।

सदियौ देखिको जडको रुपमा रहेको हाकु गुठी तथा अन्य स्थानको विर्ता जग्गाको समस्या समाधान गरी लालपुर्जा वितरण गर्ने कार्य गरिएको । रोङगा–गोल्जुङ्ग–गत्लाङ्ग सडक निर्माण गर्न ५ करोडको वजेट ब्यवस्थापन गरी टेण्डर गरी काम शुरु हुने अवस्थामा पुर्याईएको, यातायात पुग्न नसकेका स्थानहरुमा झण्डै १०० कि.मि. को हाराहारीमा बाटो निर्माणगरिएको जस्तै बृद्धिम, खाम्जिम,पाजुङ, ग्रे, नेसिङ्ग, आरुखर्क, ल्हाङबु, घोर्मु, वेताङ, वच्चा, दोक्लाङ, घाङमर, वाँसभन्याङ्ग,ज्याङलाङ्ग, कटुन्जे, धारापानी,ढकालडाडा, मनिगाउ, डाडागाउ,करुममर्याङ्ग,उत्तरगया, निलकण्ड मा.वि.तारुके, वेलचौर लगायत अन्य स्थानमा बाटो पुर्याईएको ।

जिल्ला भित्रका सिढी बाटो निर्माण कलभर्ट, सिंचाई, खानेपानी लगायतका कार्यहरु सम्पन्न गरिएको, हाकुबाट विस्तापित वासिन्दा लाई उत्तरगया वडा नंं १ को खाल्टेमा वस्ति विकास गर्न जग्गा सम्याउने काम प्रारम्भ काम प्रारम्भ गरी काम कार्य प्रारम्भ गरिएको, कालिका स्थानमा सभाहल निर्माण गर्न – १० करोड (निर्माण प्रारम्भ हुने अवस्थामा), १९) धुन्चे सभाहल निर्माण गर्न – २८ करोड (म्एच् भई अन्तिम चरणमा पुगेको, धुन्चे अस्पताल निर्माण गर्न –३२ करोड (म्एच् भई अन्तिम चरणमा पुगेका, डाडा गाऊँ–ठूलोगाउ १० कि.मि सडकपिच गर्न – २८ करोड (म्एच् भई अन्तिम चरणमा पुगेको, लाङटाङ पर्यटकिय पदमार्ग निर्माण गर्न – ५ करोड (निर्माण कार्य प्रारम्भको चरणमा रहेको यी लगायत अरु थुपै कामहरु भएका छन्, सवै कामहरु मेरा लागि प्रतिउत्पादक वने जुन कारण म निर्वाचनमा पराजय भोग्न बाध्य भएँ ।

रसुवा