२५ बर्षपछि सिनेटको सिटमा डेमोक्रेट पार्टीको जित

668
views

काठमाडौं । अमेरिकाको अलबमा राज्यको सिनेटमा डेमोक्रेट पार्टीले जितेको छ । रिपब्लिकन नेता एवं राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियतासमेत जाँचिएको यस निर्वाचनमा डेमोक्रेट नेता दोङ जोन्सले २५ वर्षपछि पार्टीलाई जित दिलाएका हुन् ।

जोन्सले रिपब्लिकन उम्मेदवार रोय मोरेलाई हराए । मोरेमाथि चुनावी प्रचारकाक्रममा युवतीहरुमाथि यौनदुर्व्यवहार गरेको आरोपसमेत लागेको थियो ।

झिनो मतले चुनाव जितेका जोन्सले ४९ दशमलव ९ तथा मोरेले ४८ दशमलव ४ प्रतिशत मत पाएका छन् । ७० वर्षीय मोरे पूर्वन्यायाधीश हुन् । यसअघिका सिनेटर जेफ सेसन महान्यायाधिवक्तामा नियुक्त भएपछि रिक्त सिटमा निर्वाचन गरिएको हो । (एजेन्सी)