बिरामीसँग कर लिएकोमा सर्वोच्च अदालतद्वारा कारण देखाउ आदेश

555
views

काठमाडौं । सर्वोच्च अदालतले अस्पतालहरुले बिरामीसँग लिने गरेको करका सम्बन्धमा कारण देखाउ आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली तथा न्यायाधीसहरु दीपकराज जोशी, चोलेन्द्रसमशेर जबरा, ओमप्रकाश मिश्र र दीपककुमार कार्कीको सबैधानीक इजलासले निजी अस्पतालहरुले बिरामीबाट लिने गरेको मूल्य अभिवृद्धि कर ९भ्याट० र स्वास्थ्य सेवा करका बारेमा सरकारसँग कारण माग गरेको हो ।
अधिवक्ता विष्णुप्रसाद तिमिल्सिना सहितले गत साउन १६ मा अस्पतालहरुले उपचारबापत बिरामीबाट कर लिने व्यावस्था संविधानको मौलिक हकविपरित रहेकाले खारेज गर्नु पर्ने माग गदै सर्वोच्चमा रिट हालेक थिए । रिटमा सुनुवाई गदै सर्वोच्चले १५ दिनभित्र कारण पेस गर्न सरकारलाई आदेश दिएको छ । आजको कान्तिपुर दैनिकबाट