८ सरकार ९ सदन

664
views

काठमाडौं । आगामी नयाँ सरकार माघ पहिलो सातासम्म गठन हुने भएको छ । मुलुक संघीय लोकतान्त्रिक गणतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै पहिलोपटक एक केन्द्रीय र सात प्रादेशिक सरकार बन्दै छ ।
संविधानमा प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मतपरिणाम घोषणा भएको ३५ दिनभित्र नयाँ सरकार बनाइसक्नुपर्ने प्रावधानका कारण माघ पहिलो साता आसपास मुलुककले नयाँ सरकार पाउने भएको छ ।
प्रत्यक्षतर्फ प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशसभा ३ सय ३० वटै निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएसकेको छ । समानुपातिकतर्फको मतगणना जारी रहेकाले मंसिर, अन्तिम तथा ढिलाइमा पनि पुस पहिलो साता सबै मतपरिणाम आउने निश्चित जस्तै छ । सबै मतपरिणाम सार्वजनिकसँगै मुलुकमा नयाँ सरकार गठन लगायतको प्रक्रिया थालनी हुनेछ ।
नेृकपा एमालेका सचिव प्रदिप ज्ञावलिले पुस पहिलो सातादेखि औपचारिक रुपमा सरकार गठनको थालनी गर्ने र पुसभित्रै नयाँ सरकार गठन हुने बताए । आजको राजधानी दैनिकबाट