पञ्चेश्वरको वातावरण व्यवस्थापनमा साढे १९ अर्ब

575
views

काठमाडौं । पञ्चेश्वर बहुद्देश्यीय आयोजनाको विस्तृत वातावरणीय व्यावस्थापनका लागि १९ अर्ब ४४ करोड ६३ लाख रुपैयाँ लागत लाग्ने भएको छ । विद्युत् विकास विभाग पञ्चेश्वर बहुद्देश्यीय आयोजनाको सहयोगमा शाह कन्सल्ट इन्टनेसनल प्रालिले तयार गरेकोे आयोजनाको विस्तृत वातावरण व्यावस्थापन योजनासम्बन्धी प्रतिवेदन सो बराबरको लागत लाग्ने प्रतिवेदन तयार पारेको हो ।
आयोजनाको कुल लागत ३ खर्ब अनुमान गरिएको छ । यो लागत पुनर्वास तथा पुनस्थापनाबाहेकको वातावरण व्यावस्थापनको मात्र हो । ३ हजार परिवार विस्थापित हुने आयोजनाको पुनर्वास तथा प्ुर्नस्थापनाबारे विस्तृत अध्ययन अघि बढेको छैन ।
सन् १९९५ मा भएको प्राविधिक प्रतिवेदन र सन् २०१३ मा स्विकृति विस्तृत वातावरणीय प्रभाव मूल्यांकन –ईआईए० प्रतिवेदनलाई आधार मानेर विस्तृत वातावरणीय व्यावस्थापन योजना तयार गरेका शाह कन्सल्टका वातारणविज्ञ अजयभक्त माथेमाले जानकारी दिए । उनका अनुसार प्रतिवेदानमा वातावरण व्यावस्थापन योजना कार्यलयका लागि पञ्चेश्वर आयोजनाको प्रर्वद्र्धक पञ्चेश्वर विकास प्राधिकरण अन्तर्गत रहने गरी वातावरण तथा सामाजिक व्यवस्थापन विभाग बनाएर सबै योजनाहरुलाई अघि बढाउने गरी संरचनाको प्रस्ताव गरिएको छ । आजको कारोबार दैनिकबाट