३ खर्ब ६१ अर्ब रुपैयाँको नोट जलाइयो

676
views

काठमाडौं । नेपालमा कागजी नोट सुरु भएको ७२ वर्षमा नेपाल राष्ट्र बैंकले ३ खर्ब ६१ अर्ब ४० करोड ४१ लाख रुपैयाँबराबरका नोटहरु जलाएको छ । चलनचल्तिमा रहेका कागजी नोटको सरदर आयु ३ देखि ५ वर्षसम्म रहने राष्टैबैंकको भनाई छ । आर्थिक वर्ष ०७३÷७४ मा मात्र विभिन्न दरका २५ अर्ब ७५ करोड ४२ लाख बराबरका नोट जलाएको राष्ट्र बैंकले जनाएको छ ।
नेपल राष्ट्र बैंकले झुत्रो। मैलो र च्याटिएका तथा चलनचल्तिमा पठाउन अयोग्य नोटहरु फिर्ता ल्याएर जलाउने गर्छ बैंक तथा वित्तिय संस्थाहरु एंव सर्वसाधारणसँग रहेका झुत्रा मैला र च्याटिएका तथा चलनचल्तिमा पठाउन अयोग्य नोटहरु अ ाफ्नो नोटकोष मार्फत फिर्ता ल्याएर समयसमयमा जलाउने गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले बताए । उनका अनुसार साना मूल्यका नोटका आयु सरदर २ वर्ष र ठुला मूल्यका नोटको आयु सरदर ५ वर्ष हुन्छ । आजको नयाँ पत्रिका दैनिकबाट