रेशम चौधरीलाई दिईएन विजयी प्रमाणपत्र

607
views

कैलाली, २८ मंसिर । टीकापुर घटनाका मुख्य योजनाकार मानिएका रेशम चौधरी कैलाली निर्वाचन क्षेत्र नं १ बाट भारी मतले निर्वाचित भएपनि प्रमाणपत्र लिनबाट वञ्चित भएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट चौधरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । प्रहरीको फरार सूचिमा रहेका उनले अज्ञातस्थलबाट सञ्चारमाध्यमलाई अन्तर्वार्ता लिँदै आफ्नो जसरी उम्मेदवारी दर्ता भएको थियो त्यसैगरी प्रमाणपत्र पनि पाउनुपर्ने बताउँदै आएका छन् ।

तर निर्वाचन आयोगले चौधरी आफैं प्रमाणपत्र लिन उपस्थित हुनुपर्ने बताएपछि उनलाई नदिई सो प्रमाणपत्र काठमाडौं पठाइएको छ ।

दुई दिन भित्र रेशम आफै उपस्थित भई प्रमाणपत्र लिन नआए निर्वाचन आयोगले उक्त प्रमाणपत्र केन्द्रमा पठाइदिन आदेश दिएअनुसार बुधवार साँझ उक्त प्रमाणपत्र पठाइएको निर्वाचन अधिकृत खिमानन्द भुषालले जानकारी दिए ।