पूर्व भगौडा सैनिक अनुसन्धानमा रहेको सेनाको स्पष्टोक्ति

533
views

काठमाण्डौ, २८ मंसिर । निर्वाचन विरोधी गतिबिधी गरेको आशंकामा मोरङ्ग प्रशासनबाट नियन्त्रणमा लिईएका एक व्यक्ति बेपत्ता भएको भन्दै उनको स्थिती सार्वजनिक गर्न माग गरेको सम्बन्धी विराटनगरस्थित स्थानीय पत्रिकामा प्रकाशित समाचार प्रति नेपाली सेनाले ध्यानाकर्षण गरेको छ ।
निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आशंकामा नेपाल प्रहरीबाट प्रकाउ परेका झल कुमार भगतलाई प्रहरीबाट अनुसन्धानको क्रममा सोधपुछ हुँदा उनी २०६२ मंसिर ४ गते सैनिक सेवाबाट भगौडा भएको खुल्न आएको सेनाले जनाएको छ ।

तात्कालिन सिपाही झल कुमार भगतलाई सैनिक ऐन २०६३ बमोजिम कारवाहीको लागि प्रहरीबाट बुझि लिई अनुसन्धानको लागि सैनिक निगरानीमा राखिएको सेनाले जनाएको छ ।