म्यानमारलाई ३३७ रनले हराउँदै नेपाल सेमिफाइनलमा

399
views

काठमाण्डौ, २८, मंसिर । अपराजित यात्रा कायम राख्दै नेपाल एसीसी अन्डर यु–१६ क्रिकेट च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा म्यानमारलाई ३३७ रनको विशाल अन्तरले हराउँदै समूह विजेताको रुपमा नेपालले प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । थाइल्यान्डमा जारी प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५१ रनको लक्ष्य दिएको थियो ।

विस्फोटक ब्याटिङ गरेको नेपालले निर्धारीत ३५ ओभरमा ६ विकेट गुमाएर ३५० रन जोड्यो । नेपालका लागि कप्तान रित गौतमले अविजित १०६ रन जोडे ।

तीर्थराज दासले ६४ रन जोड्दा प्रतिस जिसीले अविजित ६३ रनको योगदान दिए । जवाफमा ३५१ रनको लक्ष्य लिएर मैदान उत्रिएको म्यानमार मात्र १३ रनमा अलआउट भयो ।