समानुपातिकतर्फ ७३ जिल्लाको मतगणना सम्पन्न

809
views

काठमाण्डौ २९, मंसिर । समानुपातिक तर्फको ७३ जिल्लाको मतगणना सकिएको छ । प्रत्यक्षतर्फको मतगणना बुधबार नै सकिएको हो भने शुक्रबार साझ सम्म समानुपातिक तर्फको मतगणनना सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार, ८८ लाख ३५ हजार ८ सय ६८ मतको गणना सकिएको छ ।
आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरण अनुसार, नेकपा एमालेले ३० लाख १ हजार ७ सय ८४ मतका साथ अग्रता यथावत राखेको छ । कांग्रेसले एमालेलाई पछ्याइरहेको छ । कांग्रेसको पक्षमा हालसम्म २९ लाख २० हजार २ सय ५ मत परेको छ । माओवादी केन्द्रले १२ लाख कटाएको छ । निर्वाचन आयोगका अनुसार, संघीय समाजवादी फोरम नेपालले ४ लाख २३ हजार ८ सय ८५ मत हासिल गरेको छ । राष्ट्रिय जनता पार्टी, नेपाल ३ लाख ८९ हजार ५ सय ३४ मतका साथ फोरमलाई पछ्यारहेको छ ।
विवेकशील साझा पार्टीले २ लाख मत कटाएको छ भने राप्रपाले १ लाख ८९ हजार ५०० मत बटुलेको छ । अब सुनसरी, कैलाली सुर्खेत तथा सर्लाही जिल्लाको समानुपातिक तर्फको मत परणाम आउन बाँकी रहेको छ ।