यू–१६ क्रिकेटः सेमीफाईनल समीकरण पूरा

653
views

काठमाण्डौ, २९, मङ्सिर एसीसी यु–१६ क्रिकेट च्याम्पियनसिप ईस्टर्न रिजनको सेमीफाईनल समीकरण पूरा भएको छ । समूह विजेता बन्दै सेमीफाईनलमा पुगेको नेपालले अर्को समुहको उपविजेता मलेसियालाई प्रतिष्पर्धी पाएको छ ।
हङकङ र सिंगापुर पनि सेमीफाईनलमा प्रवेश गरेका छन् । सिंगापुर अर्को समूह विजेताका रुपमा सेमीफाइनलमा पुगेको हो भने नेपाल समूह ‘ए’ को विजेता बन्दा हङकङ उपविजेताका रुपमा सेमीफाइनलमा प्रवेश गरेको हो ।