अदुवाले बजार नपाएपछि पाल्पा र पर्वतका किसान मारमा

939
views

पाल्पा/ पर्वत, १, पुस । अदुवाले बजार नपाएपछि पाल्पा र पर्वतका कृषकहरु चिन्तामा परेका छन् । गाउँका कृषकको आयआर्जनको मुख्य स्रोतको रूपमा रहेको अदुवा यसवर्ष बजारमा बिक्री नहँुदा साँझबिहानको गुजाार चलाउन पनि समस्या भएको छ ।

पाल्पाका अगुवा कृषक तेजन सुनारी वर्षेनी चारसय धार्नीसम्म अदुवा उत्पादन गर्ने गरेको तदुई वर्षयता अदुवा बिक्री नहुँदा घरखर्च चलाउन समेत समस्या परेको बताउँछन् ।

गतवर्ष पनि अदुवा बिक्री भएन सुठो बनाएर राखे, त्यो पनि बिक्री भएन, अहिलेसम्म त्यत्तिकै छ उनले भने ‘तीन सय धार्नीभन्दा बढी अदुवा उत्पादन गरेर के गर्ने ? तर अहिलेसम्म बिक्री भएको छैन ।’
व्यापारिले रु २० रुपैयाँ धार्नीमा दिँदा पनि लिन नमानेपछि उत्पादन भएको अदुवा कुहेर जाने चिन्ता बढेको सुनारी बताउँछन् ।
पाल्पाकै अर्का कृषक दिलबहादुर रानाले पनि तीन सय धार्नी भन्दा बढी अदुवा उत्पादन गरेका छन् । तर उनको अदुवाले पनि बजार पाउको छैन् ।
गतवर्षको सुठो समेत त्यत्तिकै छ, अहिले पनि उत्पादन भइसक्यो, एक धार्नी बेच्न पाइएको छैन्’ रानाले भने । सुठो बनाउँदा समयको खर्च र बनाउन निकै झण्झट हुन्छ । तर त्यही सुठो पनि नबिक्दा ठूलो घाटा बेहोर्नु परेको छ ।
अदुवा बिक्री नहँुदा साझ बिहानको गुजारा चलाउन निकै धौधौ परेको अर्का कृषक टोपबहादुर राना बताउँछन् ।
यस्तै पर्वत लिमिठाना, भंगरा र दक्षिणी भेगका केही कृषहरुले उत्पादन गरेको अदुवा पनि गत दुईबर्ष देखी बिक्री भएको छैन् । पर्वत फलेवास नगरपालिका–७ लिमीठानाका अदुवा उत्पादक कृषक भुवानी प्रसाद पौडेल भन्छन् ‘गाउँमा उत्पादीत अदुवाले बजार नपाउँदा समस्या छ । बजारमा बिक्री गर्न लगेपनि अदुवाको मुल्य पदैृन । पनि बिक्री गर्नका लागि निकै समस्या भोग्नुपरेको छ ।’
फलेवास नगरपालिका–७ कै दुर्गा पौडेलको पनि यस्तै गुनासो छ । उत्पादीत अदुवाले बजार बजार र मुल्य नपाउँदा अदुवा खेती नै गर्न जाँगर हराउन थालेको छ ।

पाल्पामा जिल्लाको मुख्य नगदेबालीका रूपमा अदुवा खेतीलाई लिईंदै आएको छ । स्थापित अदुवाखेतीलाई विस्तारका क्रममा सरकारले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत उद्योग वाणिज्य संघ पाल्पा मार्फत अदुवाखेतीका लागि प्रवद्र्धन गरिएको छ ।

गल्धा, सहलकोट, बाकामलाङ, भैरवस्थान, पालुङमैनादी, फेक, ठिमुरे, खानीगाउँ, बराङदी क्षेत्रलाई पकेट क्षेत्रको रूपमा विकास गरिएको छ । जिल्लामा एक हजार २६० हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा अदुवाखेती गरिँदै आएको छ । पर्वतमा भने कहिँ कतैबाट पनि अदुवा कृषकहरुलाई सहुलियतको समेत व्यवस्था गरेको पाईदैन् ।