जोशीको प्रश्नः एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?

828
views

काठमाडौं, १, पुस । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकिय सचिव केशवराज जोशीले अहिले तत्काल प्रधानमन्त्री देउवाले राजिनामा दिनुपर्ने अवस्था नरहेको बताएका छन् । औपचारिक रुपमा समानुपातिक तर्फको उम्मेदवारको बन्द सूचि निर्वाचन आयोगमा बुझाएलगत्तै देउवा पादमुक्त भएको बताउँदै जोशीले अहिले काम चलाउका रुपमा देउवाले प्रधानमन्त्रीको काम गरिरहेको बताए ।

संवैधानिक व्यवस्था अनुसार पदमुक्त भइसकेको जानकारी दिदै जोशीले भने, “पदमुक्त भइसकेको प्रधानमन्त्रीले राजिनामा दिनै पर्दैन । राजिनामा भनेको पदमुक्त हुने हो । पदमुक्त उहाँ भइसक्नुभएको छ । एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”प्रधानमन्त्री देउवाले सत्ताको आयु लम्ब्याउन नचाहेको जिकिर गर्दै निर्वाचन गराउनका लागि प्रधानमन्त्री बनेका देउवा निर्वाचन सम्पन्न गराएर बाहिरिने बताए ।

स्थानीय निकाय, प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव सकिए पनि राष्ट्रिय सभाको चुनाव बाँकी नै रहेको बताउँदै सचिव जोशीले राष्ट्रिय सभाको चुनाव नभएसम्म देउवाको जिम्मेवारी पूरा नहुने बताए ।