हिन्दुधर्मको संरक्षण काँग्रेसले गर्छ–शाही

631
views

कालिकोट, १, पुस । कालिकोटको म्यान्मामा आयोजित एक समारोहमा बोल्दै नेपाली काँग्रेसका प्रभावशाली युवा नेता एवं तरुणदलका महामन्त्री भुपेन्द्रजंग शाहीले नेपाली काँग्रेसले हिन्दुधर्मको संरक्षण गर्ने बताए । जन जागरण नेपालले कालिकोटमा आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् ।

शाहीले हिन्दुधर्मको संरक्षण गर्नु राज्यको प्रमुख दायित्व भएको बताउँदै काँग्रेसले पनि हिन्दु धर्मको संरक्षणमा जोड दिने बताए । हिन्दु धर्म आस्था र धरोहर दुवै भएको टिप्पणी गर्दै उनले ‘मानिसलाई अनुशासित बनाउँन धर्म चाहिने टिप्पणी गरे ।

उनले हिन्दुधर्मको विश्वको एक मात्र देश नेपाल भएको बताउँदै भने अनेकन धर्महरुको उर्वर भूमी, नेपालीहरुको पहिचान हिन्दु धर्म हो ।’ शाहीले हिन्दु धर्मलाई नेपालीहरुको संस्कार भएको बताउँदै हिन्दु धर्मको संरक्षण र सम्बर्द्धनमा जुट्न समेत आग्रह गरे । शाहीले आफ्नो धर्मको रक्षा र संरक्षण आफैले गर्नुपर्नेमा जोड दिए ।

अधिकांस नेपालीहरुको चाहना अनुसार नेपाललाई हिन्दु धर्म घोषणा गर्ने र काँग्रेसभित्र हिन्दुधर्म संरक्षणको बिषयमा छलफल गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।