विपन्नमैत्री स्वास्थ्य नीतिमा जोड दिनुपर्दछ–महत

910
views

नुवाकोट, १, पुस । नेपाली काँग्रेसका महासमिति सदस्य रमेशकुमार महतले स्वास्थ्य सेवामा विपन्न नागरीकको सहज पहुँच स्थापित हुनुपर्ने वताएका छन् ।

महतले काँग्रेसको सरकारले सुरु गरेको विपन्नमैत्री स्वास्थ्य नीतिको निरन्तरतामा जोड दिएका छन् । शनिवार नुवाकोटको सूर्यगढी गाउँपालिका– ४ को हल्देकालिकामा जोशिला युवा कल्वको आयोजनामा संचालित एकदिने मुटुरोग विशेष स्वास्थ्य शिविरमा यस्तो बताएका हुन् ।

काँग्रेस नेता महतले शिविर सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल मेडिकल कलेज काठमाडौंका चिकित्सव एवं रेडक्रसकर्मीहरुलाई प्रशंशापत्रद्वारा सम्मानित समेत गरेका थिए ।

कार्यक्रममा तादी गाउँ पालिकाका अध्यक्ष नारायण पाण्डे र सूर्यगढी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु वुढाथोकीले मुटु रोगलाई सामान्य रुपमा लिने प्रबृत्तिले धेरैको ज्यान गएको वताएका थिए ।

शिविरमा तीनसय भन्दा बढी मुटुरोगका बिरामीहरुले उपचार गराएका थिए । मुटुरोगको वढी समस्या देखिएका ३२ जनालाई काठमाडौंमा उपचारका लागि सिफारिस गरिएको आयोजक संस्थाका अध्यक्ष अच्यूत ढकालले जानकारी दिए ।