नयाँ सरकार गठनमा गतिरोध, बामगठबन्धन पत्रकार सम्मेलन गर्दै

931
views

काठमाडौँ, २ पुस । नयाँ सरकार निर्माणमा गतिरोध देखिएपछि वाम गठबन्धनका दुई घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त पत्रकार सम्मेलनको तयारी गरेका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेसले सरकार छाड्न तयार नभएपछि दुई वाम घटक एमो र माओवादी केन्द्रले पत्रकार सम्मेलन गर्ने र आफ्ना धारणा सार्वजनिक गर्ने अवस्थामा पुगेका हुन् ।
राष्ट्रिय सभासम्बन्धी अध्यादेशलाई लिएर प्रधानमन्त्री शेर बहादुर देउवाले सरकार छाड्न तयार नदेखिएपछि बाम घटक पत्रकार सम्मेलनमा जुटेको बताइएको छ ।
दिउँसो ३ बजे दरबारमार्गस्थित होटेल अन्नपूर्णमा पत्रकार सम्मेलन गरेर दुवै दलले आफ्नो संयुक्त धारणा सार्वजनिक गर्न लागेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस सहयोगी मनहरी तिमिल्सिनाले जानकारी दिए ।