जनमतको अपमान गर्दै वर्तमान सरकार–ओली

711
views

काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले जनमतको सम्मान नगरेको भन्दै आपत्ति जनाएका छन् । आइतबार वाम गठबन्धनले राजधानीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले ‘वर्तमान सरकार जनताले दिएको जनमतको अपमान गर्दै लोकतान्त्रिक मान्यता विपरित अगाडि बढेको आरोप लगाए ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्न ओलीले आग्रह गरेका छन्। ‘जनताले दिएको मतको सम्मान गर्दै सरकारले नयाँ सरकार गठबनको मार्ग प्रशस्त गर्नुपर्छ’, ओलीले भने, ‘वाम गठबन्धनलाई अगाडि बढ्ने अधिकार जनताले दिएकाले यो प्रक्रियालाई कसैले रोक्न सक्दैन ।’
ओलीले निर्वाचनको मतपरिणाम आइसकेको अवस्थामा सरकारले सरुवा, बढुवा, नियुक्ति गरेर लोकतान्त्रिक मान्यता विपरित गतिविधि सञ्चालन गरेकोप्रति समेत आपत्ति जनाए ।