चुनावपछि माओवादी केन्द्रको बैठक, एकताको आलोचना खेप्दै प्रचण्ड

713
views

काठमाडौँ, ३ पुस । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि माओवादी केन्द्रको आज पहिलो पटक बस्दैछ । मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम लगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।
तर बैठकमा एमालेसँग पार्टी एकताका बारेमा समेत बहस उठ्ने र नेतृत्वले तिव्र आलोचना खेप्नुपर्ने स्रोतले जनाएको छ । यसअघि माओवादी केन्द्रका प्रभावशाली नेता गोपाल किराँतीले माओवादीलाई एमालेमा विलय गराउन लागिएको भन्दै पार्टी पुर्नगठन गर्नेसम्मको चेतावनी दिएका थिए ।
अहिले पार्टी एकताको विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ । माओवादी केन्द्रले केन्द्रिय कार्यालयको बैठक बोलाएको छ जसमास चुनावी समिक्षाको विषयलाई प्राथमिकतामा राखेको छ । केन्द्रको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने प्रवक्ता पम्फा भुसालको भनाई छ ।
नेकपा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएपछिको अवस्था, पार्टी एकता र पार्टीको समग्र अवस्थाको विषयमा छलफल गर्ने बैठकको एजेण्डा रहेको भुसालको भनाई छ ।
नयाँ जनादेश प्राप्त भइसकेपछि पनि सरकारले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त नगरिरहेको सन्दर्भमा कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ ।