नेपाल कला परिषद्मा मूर्तिकला प्रदर्शनी

585
views

काठमाण्डौ । नेपाल कला परिषद्मा मूर्तिकला प्रदर्शनी चलिरहेको छ । युवा मूर्तिकार श्यामकृष्ण श्रेष्ठले तयार पार्नुभएको नौ फिट उचाईको फाइबर ग्लास (एक प्रकारको झोल पदार्थ) बाट १० महिना लगाएर तयार पारेको बादलमाथि साँढे चढेको महादेवको प्रर्दशनी चलेको हो ।

उक्त मूर्तिको तौल ३०० केजी र १०० वर्षको ग्यारे बादलमाथि साँढे चढेको महादेवको सिर्जना गरेको मुर्तिको अर्थ देवताबीचको युद्धका लागि जाँदै गरेको महादेवको कल्पना गरी मूर्ति तयार पारेको श्रेष्ठले बताउनुभयो । उक्त मूर्तिको मूल्य रु ९० लाख अपेक्षा गरेको पनि श्रेष्ठको भनाई छ ।

नेपाल ललितकला क्याम्पसबाट फाइन आर्ट विषयमा स्नातकोत्तर गर्नुभएका श्रेष्ठको यो पहिलो एक मूर्तिकला प्रदर्शनी हो । परम्परागत, धार्मिक तथा काठमाडौँको नेवार संस्कृतिको पहिचानलाई केन्द्रित गरी मूर्ति तयार पारिएको छ । यी चार वर्षकाबीचमा सिर्जना गरेका आश्चर्य लाग्दा २२ मूर्ति प्रदर्शनी कक्षमा राखिएको छ ।

विभत्स परिणाम, प्रसव, विवशताका धुनहरु, अस्तित्व, संघर्षको शुरुबाट, दिनरात, अनुनय, बुद्ध, उत्सुकताको पर्खाइ, प्रेमजस्ता शीर्षकका मूर्ति काठ, मार्बल, टेराकोटा, मिक्स मिडियम आदिबाट मूर्ति बनाइएको छ । उक्त मूर्ति रु २० हजारदेखि तीन लाखसम्म मूल्यका छन् । मुर्तिकारले पैसा कमाउन भन्दा पनि सिर्जनाले आफूलाई गौरव बनाएको बताउँछन् । मूर्ति प्रदर्शनी पुस १–८ गतेसम्म चल्ने कार्यक्रम छ ।