सत्रजना विद्यार्थीलाई छात्रवृत्ति वितरण

610
views

नुवाकोट । नुवाकोटको कुण्डला मा.वि. भद्रुटारका सत्र विद्यार्थीलाई काँग्रेसका महासमिति सदस्य रमेश कुमार महतले छात्रवृत्ति वितरण गरेका छन् ।
नुवाकोट थानापतीका हाल अमेरिकाको टेक्ससमा कार्यरत शोभा पाण्डेले चालु शैक्षिक सत्र देखि नै १२ विध्यार्थीलाई उक्त छात्रवृत्ति उपलव्ध गराएका थिए ।

विद्यालयका थप पाँच जेहेन्दार विद्यार्थीलाई थप गराई सत्र विध्धार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । कार्यक्रममा तादि गाउँपालिकाका अध्यक्ष नारायण पाण्डे, शिवपुरी गा.पा.उपाध्यक्ष मन्जु केसी लगायतले बोलेका थिए भने कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर थापाले गरेका थिए ।