ट्रम्पको आक्रोशः डिभी चिठ्ठाबाट अमेरिका आएकालाई ‘फोहोर’ को संज्ञा

730
views

काठमाडौं । एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चित डिभी लोट्री कार्यक्रमबारे कडा टिप्पणी गर्दै डिभी चिठ्ठाबाट अमेरिका पुगेका नेपालीसहित तेस्रो विश्वका नागरिकले उपयोग गर्न नमिल्ने बताएका छन् । उनले
डिभी चिठ्ठाबाट अमेरिका आएकाहरुमाथि निशाना साँध्दै ’फोहोर’ को संज्ञा समेत दिएका हुन् ।

’तिनीहरु उपयोगी हुन्छन् भनेर कसरी विश्वास गर्न सकिन्छ ?’, शुक्रबार आयोजित एफबिआई एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले भने, ’ती सबै फोहोरको टोकरीमा हाल्न मात्र काम लाग्छन् ।’

केही महिनाअघि न्यूयोर्क सहरमा भएको आतंकारी आक्रमणमा समेत डिभी चिठ्ठा कार्यक्रमबाट अमेरिका भित्रिएका व्यक्तिको संलग्नता पाइएपछि ट्रम्प आक्रमक बनेका हुन् ।

अमेरिकाले हरेक वर्ष ५० हजार आप्रवासीलाई चिठ्ठा कार्यक्रममार्फत भित्र्याउँदै आएको छ । नेपालबाट अहिलेसम्म करिब १६ हजारजना यही कार्यक्रममार्फत अमेरिका पुगिसकेका छन् । गत वर्ष ३४ सय नेपाली डिभी चिठ्ठाबाट अमेरिका प्रवेश गरेका थिए ।