हिमांचलमा गुम्यो कांग्रेस राज, गुजरातमा भाजपाको वर्चस्व कायमै

733
views

काठमाण्डौ, ४, पुस । भारतको गुजरात र हिमाचल राज्यमा भएको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीले स्पष्ट बहुमत प्राप्त गरेको छ । भाजपाले चिरपरीचित प्रतिद्वन्द्धी भारतीय कांग्रेस आईलाई पछि पार्दै अधिकांश स्थानमा आफ्नो पकड कायम गरेको हो ।

गुजरात भाजपाका नेता तथा प्रधामन्त्री नरेन्द्र मोदीको आधार ईलाका हो यस्तै हिमांचलमा भने कांग्रेस आईले निरन्तर नेतृत्व गर्दे आएको थियो । यस पाली भने हिमांचलमा कांग्रेसको वर्चस्वलाई तोड्दै भाजपाले स्पष्ट बहुमत हासिल गरेको हो ।

अन्तिम मत परिणाम अनुसार, गुजरात विधानसभामा भाजपाले कूल १ सय ८२ सिटमध्ये ९९ स्थानमा जित निकालेको छ ।
७९ स्थानको परिणाम कांग्रेस आईको पक्षमा परेको छ भने ४ स्थानमा अन्य दल निर्वा्चित भएका छन् ।

गुजरातमा बहुमत सरकार निर्माणका लागि ९२ सिट आवश्यक पर्छ । भाजपाले बहुमत सरकारका लागि आवश्यक सिटभन्दा ७ सिट बढी जितेकाले उसलाई छैटौंपटक सरकार निर्माणका लागि बाटो खुलेको छ ।

उता हिमांचल प्रदेशमा भने भाजपाले ४४ र कांग्रेसले २१ सिटमा जित हासिल गरेका छन् ।

भाजपाका मुख्यमन्त्रीका दावेदार प्रेमकुमार धुमलले चुनाव हारेका छन् । मुख्यमन्त्री वीरभद्र सिंह र उनका छोरा विक्रमादित्यले जितेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपाको पक्षमा आएको चुनावी परिणामलाई विकासको जित भनेका छन् ।

गुजरातको १८२ सिटका लागि डिसेम्बर ९ र १४ मा चुनाव भएको थियो भने हिमाचालमा ९ नोभेम्बरमा मतदान भएको थियो ।