स्टार खेलाडी मेस्सीलाई दुई अर्वाड

622
views

बार्सिलोना, ४, पुस । स्पेनिस क्लव बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले दुईवटा अवार्ड हात पारेका छन् । बार्सिलोनामा सोमबार आयोजित अवार्ड वितरण कार्यक्रममा उनलाई दुई अवार्ड प्रदान गरिएको हो ।

मेस्सीलाई सन् २०१६ र ०१७ सिजनमा स्पेनिस ला लिगा प्रतियोगितामा सर्वाधिक गोल गरेबापत पीचीची अवार्ड प्रदान गरिएको हो । त्यस्तै उनलाई मार्काले अलफ्रेडो डि स्टेफानो अवार्ड पनि प्रदान गरिएको छ । सो अवार्ड ला लिगामा सिजनभर उत्कृष्ठ खेल प्रदर्शन गर्ने खेलाडीलाई प्रदान गरिन्छ ।

मेस्सीले गत सिजन ला लिगामा ३४ खेल खेल्दै ३७ गोल गरेका थिए । बार्सिलोनाकै लुइस सुवारेजले मेस्सीकोभन्दा दुई कम अर्थात् ३५ गोल गरेका थिए ।