नम्रताको नशामा राजेन्द्र (भिडियो सहित)

जनता डिजिटलले गर्यो सार्वजनिक

824
views

काठमाडौं, ५ पुस । उत्कृष्ट गीत प्रस्तुत गर्दै पछिल्लो समय सबै माझ लोकप्रिय बन्दै गइरहेको जनता डिजिटलले निकै उत्कृष्ट गीत सार्वजनिक गरेको छ ।

जीवन लुइटेलको प्रस्तुती रहेको सो पप शैलीको गीतमा म्युजिक भिडियो निर्देशनमा निर्देशकले अत्यन्तै मेहनत गरेका छन । जीवन लुईटेलको उत्कृष्ट शव्द सिर्जना रहेको सो गीतमा संगीत राजेन्द्र बजगाइले बनाएका छन । गीतमा राजेन्द्र बजागाइको आवाज सुन्न सकिन्छ ।

गीतमा नम्रता सापकोटा,कमल सिँह लगायतका कलाकारहीको उत्कृष्ट अभिनयले गीतलाई जिवन्त बनाएको छ । गीतको म्युजिक भिडियो निर्देशन भने उत्सव दाहालले गरेका छन ।

निमार्ण पक्षले गीत सार्वजनि भएको छोटो समयमै सबैमाझ लोकप्रिय बनेको तथा सबैले गीत राम्रो भन्ने प्रतिक्रिया दिएको बताए ।