अनिता र जीवनलाई बैंश चढेसी

एउटै गीतबाट चर्चामा आए गायक अधिकारी

602
views

निर्मल पौडेल
पर्वत, ९, वैशाख । यतिबेला नेपाली लोकदोहोरी क्षेत्रमा अनिता क्षेत्री र जीवन अधिकारी निकै चर्चामा आएका छन् । जीवन अधिकारीले बजारमा ल्याएको ‘चञ्चले मन क्याम्पस पढेसी’ बोलको गितले बजार हंगामा मच्याएको छ ।
स्रोता दर्शकको लागि युटुबमा समेत उक्त बोलको गित अपलोड गरिएको छ । ‘चञ्चले मन क्याम्पस पढेसी’ रातो पिरो जवानी झुल्ने भो, राम्री केटीसितै मन भुल्ने भो, १७ बर्षे बैंश चढेसी’ बोलको गितलाई स्रोता दर्शकले निकै टिका टिप्पणी गरेका छन् ।
भड्किला गितले बजार पाईरहेको बेला अधिकारीले यसलाई उपयोग गरेका छन् । कलेज लाईफका विद्यार्थीहरुको जीवन स्टाईल समेटेर शब्द संगित भरेका अधिकारीले शव्द मार्फत प्रेम र फेसनलाई उचालेका छन् । कलाकारले महाशिला गाउँपालिका–२ भोक्सिङ पर्वतलाई समेत चिनाउने प्रयास गरेका छन् ।
उनकै अभिनय रहेको उक्त गितमा व्यस्त मोडेल करिष्मा ढकालले साथ दिएकी छन् भने सिर्जना डिजिटल म्युजिक प्रा.लि.ले बजारमा ल्याउने अवसर पाएको छ । उक्त गितको भिडियोमा एकेन्द्र सारा शंकरले निर्देशन गरेका छन् । करन चैंसिरले छायाँकन गरेको उक्त म्युजिक भिडियोलाई योङ्ग जेनेरेशनले निकै मन पराएका छन् ।