सुन कारोवारमा गिरावट

1357
views

काठमाडौँ, ६ पुस । सुन कारोबारमा उच्च गिरावट आएको छ । चाडवाड र लगनको महिना सकिएसँगै सुन कारोबारमा उच्च गिरावट आएको हो ।

मंसिरमा लगन भएकाले सुनको कारोबारमा प्रायःजसो सुधार आउने गथ्र्योे । तर यसपालिको मंसिरमा पनि सुनको कारोबार राम्रो हुन नसकेको व्यवसायीहरु बताउछन् ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिरमा दुई चरणको निर्वाचन परेका कारण बजार सुस्ताएको पाइन्छ । हरेक वर्षको मंसिरमा दैनिक ४०÷४५ केजीको हाराहारीमा सुनको खपत हुने भए पनि यसवर्षको मंसिरमा सुनको खपत घटेको छ ।

यसपालिको मंसिरमा दैनिक २० देखि २५ केजी मात्रै सुनको खपत भएको महासंघले जनाएको छ । गत वर्षहरूमा जस्तो सन्तोषजनक कारोबार नभएको महासंघको भनाइ छ ।

पुस महिना हरेक वर्ष बजार सधैं सुस्ताउँछ । त्यसैका कारण सुन बजारमा चहलपहल नभएको व्यवसायीहरु बताउछन् । पुसमा सुनचाँदीको कारोबारमा मन्दी आउने भएपनि माघ महिनाका लागि भने अर्डर आउने गरेको व्यवसायीहरु बताउछन् ।

न्युरोडजस्तो व्यस्त बजारका सुन पसलमा पनि चहपहल यसपाली हुन नसकेको व्यवसायी बताउछन् । महसंघका अनुसार दैनिक ३०–३५ केजीको हाराहारीमा सुनको खपत भइरहेको छ । यो एकदमै कम खपत रहेको व्यवसायीहरु बताउछन् ।