(इपिएल) टि–२०ः ललितपुरद्वारा भैरहवालाई १४२ रनको लक्ष्य प्रस्तुत

632
views

काठमाडौँ, ६ पुस । काठमाडौं, ६ पुस । एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–२० क्रिकेट प्रतियोगितामा ललितपुर प्याट्रियट्सले भैरहवा ग्लाडियटर्सलाई जितका लागि १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ्को निम्ता पाएको ललितपुरले निर्धा्रित २० ओभरमा ९ विकेट गुमाइ १४१ रन बनाएको हो । ललितपुरका लागि योगेश नगरले अर्धसतकीय पारी खेल्ने क्रममा सर्वा्धिक ५४ रनको योगदान दिए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ले ४२ र जयकिशन कोल्सवालीले १४ रन बनाए ।

ललितपुर प्याट्रियट्सलाई १४१ रनमा समेटन भैरहवाका लागि दिपेश श्रेष्ठले ३, आरिफ शेख र पुनित मिश्रले २र२ तथा कप्तान शरद भेषावकरले १ विकेट हात पारे । १४२ रनको लक्ष्यसहित भैरहवा ग्लाडियटर्स केहिछिनमा मैदान उत्रदैछ ।