राष्ट्रिय सभा विधेयकमा पनि बामगठबधनको साझा धारणा ‘प्रचण्ड’

610
views

काठमाण्डौ, ७ पुस । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभा विधेयकबारे बाम गठबन्धनको साझा धारणा बनाएर अघि बढ्ने बताउनु भएको छ।
शुक्रबार दिउँसो गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “बिहान प्रधानमन्त्रीले पाँच दलको बैठक बोलाउनु भयो। राष्ट्रिय सभा र नयाँ सरकार गठनबारे कुराकानी भयो, ठोस निष्कर्ष निस्किसकेको छैन। संविधानमा राष्ट्रिय सभा बहुमतीय कि एकल संक्रमणीय भन्ने बारेमा केही कुरा उल्लेख छैन। विगतमा एकल संक्रमणीय प्रणालीको अभ्यास थियो। अहिले संविधानमा केही उल्लेख नभएकाले केही अन्यौल देखिएको छ। हामी बाम गठबन्धनभित्र छलफल गरेर साझा धारणा बनाउँछौ र निकास खोज्छौं।”
“पार्टी एकताको प्रक्रिया पनि अघि बढ्छ। छिट्टै पार्टी एकता संयोजन समितिको बैठक बस्छौं” अध्यक्ष प्रचण्डले भन्नुभयो, “एकताका लागि हामीलाई कुनै समस्या छैन। हाम्रा केही समझदारी छन्। हामी समझदारीका साथ अघि बढ्छौं।”
अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचन सफल भएकोमा बधाईदिनुभएको र नेपालको राजनीतिमा दलहरु स्वतन्त्र र सार्वभौम रहेको पनि स्पष्ट गर्नुभयो