किरण र विप्लव नेतृत्वको पार्टीबीच एकताको तीनबुंदे सहमति

520
views

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ बीच पार्टी एकता तथा ध्रुवीकरणका लागि पहल गर्ने सहमति भएको छ । दुवै नेताले हस्ताक्षरसहित जारी संयुक्त प्रेस वक्तव्यमा त्यसका लागि तीन बुँदे सहमति तथा निष्कर्षमा पुगेको पनि उल्लेख गरिएको छ ।

१२५ औं माओदिवसको सन्दर्भ पारेर दुवै नेताले जारी गरेको संयुक्त वक्तव्यमा दुवै पार्टीका शीर्ष नेताहरुबीच हालै सम्पन्न भएको एक उच्च स्तरीय बैठक यस्तो निष्कर्षमा पुगेको उल्लेख गरिएको छ । वक्तव्यमा उल्लेख गरिएको तीन बुँदे सहमति तथा निष्कर्ष यस्तो रहेको छ ।