नुवाकोटका ८४ घरपरिवारलाई ठकुरी समाज कोरियाद्वारा पोलार वितरण

1042
views

नुवाकोट, १२ पुस । दक्षिण कोरियामा रहेका प्रवासी नेपालीहरुको सहयोगमा नुवाकोटका ८४ घरपरिवारका वृद्धवृद्धा एवं एकल नागरिकलाई पोलार वितरण गरिएको छ ।

उक्त सामान ठकुरी समाज कोरियाका पुर्ब अध्यक्ष तथा युबा समाजसेवी सर्वजित शाहले न्यानो बाड्ने अभियानको तेस्रो कार्यक्रम अन्र्तगत उनीहरुलाई पोलार वितरण गर्नुभएको हो ।

तराई र हिमाली गरि केहि जिल्लाका अति बिपन्न परिवारलाई न्यानो बाड्ने उदेश्यले अभियान चलाएको ठकुरी समाज कोरियाले जनाएको छ ।

सर्वजित शाहकोे समन्वयमा उनीहरुलाइ न्यानो पोलार बितरण गरिएको थियो । दक्षिण कोरियामा रहेर निरन्तर रुपमा बर्सेनी न्यानो बाडौँ अभियानमा जुट्ने सहयोगीहरुप्रति ठकुरी समाज कोरियाका पुर्ब अध्यक्ष सर्वजित शाहले आभार व्यक्त गर्नुभएको थियो ।

गरिब तथा बिपन्न ८४ घर परिवारलाई १४० थान पोलार (ब्लान्केट) बितरण पछि ति परिवारहरु हर्षित बनेका थिए । उक्त कार्यमा राज कुमार शाह, शैलेन्द्र कुमार शाहको पनि सहभागिता थियो ।