लिग लिडर म्यान्चेस्टर सिटीलाई १५ अंकको अग्रता

711
views

लण्डन, १३, पुस । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासल युनाईटेडलाई १–० ले पराजित गरेको छ ।खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन राहिम स्टर्लिङले ३१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

जितपछि म्यान्चेस्टर सिटीले लिग तालिकामा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडसँगको अंक दुरीलाई झनै फराकिलो पारेको छ । २० खेलबाट सिटीको ५८ अंक भएको छ भने १५ अंकले पछि परेको म्यान्चेस्टर युनाईटेड ४३ अंकसहित दोस्रो स्थानमा छ ।

तेस्रो स्थानको चेल्सीको ४२ अंक छ भने ३८ अंकको साथ लिभरपुल चौथो स्थानमा छ । प्रिमियर लिग फुटबलमा आज राति क्रिष्टल प्यालेस र आर्सनल भिड्नेछन् ।