एमाले–माओवादी एकताको लागि बाबुरामको शुभकामना

646
views

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई पार्टी एकताका लागि पून प्रस्ताव गरेका छन् ।


आइतबार खुमलटारस्थित निवासमा भएको भेटमा प्रचण्डले भट्टराईसँग पार्टी एकताको प्रस्ताव गरेका हुन् । ‘तपाईं पनि एकतामा आइदिए राजनीतिक गतिरोध फुकाउन, मुलुकलाई आर्थिक सम्बृद्धितर्फ अघि बढाउन धेरै सहयोग हुने थियो’ भेटमा प्रचण्डले भनेका थिए ।

प्रचण्डले पुराना कुरा बिर्सेर एकतामा सामेल हुन आग्रह गर्दै चुनाव अघिका कुरा विर्सन आग्रह गरे ।
नयाँशक्तिकी नेतृ हिसिला यमीका अनुसार भट्टराई जारी राजनीतिक गतिरोधको अन्त्य विषयमा कुराकानी गर्न प्रचण्ड निवास पुगेका थिए ।

तर बाबुराम भट्टराईले भने पहिले एमाले–माओवादी केन्द्रबीचको एकताको कामना गर्दै एमाले माओवादीको एकता, सरकार निर्माण र राजनीतिक स्थायित्व दिन सुझाएका थिए ।भट्टराईले भने ‘एकता संयोजन समिति भएकोले त्यसैमार्फत् धेरै कुरा टुङ्ग्याउन सकिने बताउँदै एमाले माओवादीको एकताको लागि मेरो शुभकामना छ ।’