पर्वतमा राष्ट्रिय जनमोर्चाको पहिलो ह्याट्रिक

785
views

निर्मल पौडेल
पर्वत, ९ बैशाख । राष्ट्रिय जनमोर्चा पर्वतले स्थानीय तहको निर्वाचनका लागि पर्वतमा उमेदवार सार्वजनिक गरेको छ । जनमोर्चाले जलजला गाउँपालिका शिव परियार,  मोदी गाउँपालिकामा जितबहादुर लामिछाने, कुश्मा नगरपालिकामा प्रमुख दुर्गादत्त पाैडेल, उपप्रमुख दुर्गादेवी कुँवर, फलेवास नगरपालिकामा प्रमुख भोजराज उप्रेती, उपप्रमुख शान्ति भुसाल, महाशिला गाउँपालिकामा प्रमुख कृष्ण क्षेत्री, विहादी गाउँपालिकामा प्रमुख होमनाथ पराजुली, उपप्रमुख सुन्दरी पुरी र पैयू गाउँपालिकामा प्रमुख धनमाया बस्याल, उपप्रमुख अञ्जु रानाको नाम सार्वजनिक गरेको हो । प्रजातान्त्रिक विकेन्द्रीयता, संविधानको कार्यान्वय, स्थानीय विकासका लागि राष्ट्रिय जनमोर्चालार्य मतदान भन्ने नाराका साथ उमेदवार चयन गरेको जनाएको छ । पर्वतमा क्रियाशिल दलहरुले उमेदवारहरुको टुङ्गो लगाउन नसकिरहेका बेला राष्ट्रिय जनमोर्चा पर्वतले ह्याट्रिक गरेको हो ।