राजीनामा दिएनन् माओवादी मन्त्रीले

683
views

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले असोज ३१ मै जिम्मेवारी बिहिन बताए पनि माओवादी केन्द्रमा मन्त्रिहरुले अहिलेसम्म राजीनामा दिएका छैनन ।
कुनै काम जिम्मेवारी नहुदा पनि तलब –सुविधाकै लोभले राजीनामा नदिएको भन्दै उनीहरुको आलोचना हुन थालेको छ । माओवादी केन्द्रबाट सरकारमा सहभागी १६ ९ नौ मन्त्री र सात राज्यमन्त्री० मन्त्री साढे दुई महिनादेखि बिनाविभागिय छन ।
सिंहदरबारमा बस्ने ठाउँसमेत नभएपनि उनीहरु सरकारी गाडीमा अंरक्षकको जत्थासहित हुइँकिरहेका छन । तलब भत्ता बुझ्ने मात्र नभएर अधिकांश पुलचाकस्थित मन्त्री निवासमै बसिरहेका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका एक अधिकारीका अनुसार माओवादीक केही मन्त्रीले बिनाविभागीय रहदासमेत विभिन्न जिल्लामा अनुगमन गएको लाखौं रुपियाँका विलभर्पाइ पेस गरी रकम लिने प्रयास गरिरहेका छन ।
असोज २८ मा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षि एमालेले चुनावी तालमेल गदै पार्टी एकीकरणसमेत गर्ने घोषणा गरेपछि माओवादी मन्त्री सरकार छाड्ने तयारीमा थिए । आजको अन्नपूर्ण दैनिकबाट