विजुलीमा बढ्दै परनिर्भरता

702
views

काठमाडौं । बिजुलीमा भारतसितको परनिर्भरता बर्सेनी बढ्दै गएको छ । विद्युत् प्राधिकरणले लोडसेडिङ हुन नदिन यस वर्ष हिउँदमा ४७० मेगावाटसम्म विजुली आयात गर्ने भएको छ । अघिल्लो वर्षको हिउँदामा ३९५ मेगावाट सम्म आयात गरेको थियो । २०७२ मा करिब ३०० मेगावाट आयात भएको थियो । मागअनुसार सरकार र नीजि क्षेत्रले जलविुद्युत् आयोजना निर्माण गर्न नसकेकाले बर्सेनी परनिर्भरता बढ्दै गएको हो । ‘ सुख्खायामको सुरुवातसँगै पानीको सतह कम भएकोले नदीको प्रवाहमा आधारीत विद्युत् आयोजनाको उत्पादन घटेकाले मुलुकमा लोडसेडिङ हुन नदिन हाल भारतबाट ४ सय मेगावाट विद्युत् आयात गरिरहेका छौं,’ विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने,‘ यसवर्ष माघ–फागुनमा लोडसेडिङ हुन नदिन भारतबाट ७० मेगावाट थप गर्दा ४७० मेगावाट विजुली आयात हुनेछ ।’ उनका अनुसार विद्युत्को बढी माग हुने साँझको समयमा मात्र ४७० मेगावाट आयात गरिनेछ । राति र दिउँसो कम बिजुली आयात गरिनेछ । आजको कान्तिपुर दैनिकबाट