पर्वतका चार कृषक पुरस्कृत

670
views

महेन्द्र जिसी
पर्वत, १७ पुस । गत पौष १३ गते देखी १७ गतेसम्म कास्कीमा आयोजना गरीएको पोष्ठ हार्वेष्ट कृषि मेला एवं सुन्तला महोत्सवमा पर्वतका ४ जना कृषक पुरस्कृत भएका छन ।

क्षेत्रीय कृषि निर्देशनालयको आयोजनामा भएको महोत्सवमा कुश्मा नगरपालिका–८ चुवा की मनुसा सुवेदी प्रथम भएकी छिन् । त्यसै जलजला गाउँपालिका–१ का सुन्तला कृषक भक्त बहादुर पाईजा सम्मानीत भएका छन् । जलजला–२ मान बहादुर कार्की र महाशिला गाउँपलिका–२ का मिन बहादुर गुरुङ सम्मानित भएका छन् ।

कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय पर्वतले गतबर्ष कार्यक्रममा छनौट गरेका तरकारी सुन्तला र कफिमा उत्कृष्ठ कृषकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय र जिल्ला कफि व्यवसायी संघलाई समेत सम्मान गरीएको छ ।