सरकारले १० वर्षमा ५ अर्ब बाड्यो

660
views

काठमाडौं । पछिल्लो १० वर्षमा गठन भएका सरकारले करिब ५ अर्ब रुपैयाँ बाँडेका छन् । दोस्रो जनआन्दोलनयता गठन भएका १० वटा सरकारले स्वास्थ्योपचार र आर्थिक सहायताका नाममा ५ अर्ब रुपैयाँ बन्दा बढी रकम बाँडेका हुन् । सरकारबाट सहयोग पाउनेमा आधिकांश सत्तामा रहेका दलकै नेता कार्यकर्ता छन् भने केही स्वतन्त्र व्यक्तिले पनि यस्तो सहयोग पाएका छन् ।
सरकारले बाँडेको यो सहायता विभिन्न आन्दोलनमा मारिएका व्यक्तिका परिवारलाई दिइएको बाहेक हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थमन्त्रालयका अनुसार हरेक सरकारले आफ्ना कार्यकर्ता तथा दल निकटका संघसंस्थालाई उपचार, जीविकापार्जन, पर्वलगायतका शीर्षकमा राज्यको ढुकुटी जथाभावि वितरण गरेका छन् । आजको कारोबार दैनिकबाट