जनक शिक्षा सामग्री केन्द्र लिमिटेड एकवर्ष पछि ‘ब्रेक इभन’ मा

998
views

काठमाडौं । सरकारी पाठ्यपुस्तक छपाई गर्दै आएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड एकवर्ष पछि ‘ब्रेक इभन’ मा गएको छ । बर्सेनी घाटामा रहेको केन्द्र यस वर्ष निर्वाचन मतपत्र छपाइको आम्दानी र पुस्तकको मूल्य समायोजन भएपछि नाफा उन्मुख दिशामा देखिएको छ ।
केन्द्रले मतपत्र छपाइबाट २० करोड आम्दानी र साझाबाठ १४ करोड ऋण असुलीसँगै पुस्तकको मूल्य समायोजनपछि फाइदामा जाने अवस्थामा पुगेको हो ।
१७ वर्षपछि सरकारले विद्यालयको पाठ्यपुस्तकको मूल्य समायोजन र ३ वटा निर्वाचनको मतपत्र छपाइबाट राम्रो आम्दानी भएपछि यो वर्षदेखि वित्तिय सन्तुलनमा हुने र अर्को वर्ष फाइदामा जाने देखिएको हो । हालै सम्पन्न भएको स्थानीय निर्वाचन, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन र समानुपातिक समेतका मतपत्र छपाइबाट मात्र २० करोड रुपैयाँ भन्दा बढी आम्दानी रगेको केन्द्रले जनाएको छ । आजको कारोबार दैनिकबाट