पुर्खाले सरापेको देश

431
views

गजल ;-                                                                      शान्तिनारायण श्रेष्ठ

अझै चुप लागि बसे सराप्नेछन् पुर्खाले
खन्चुवा यि नेतालेत देशैलाई खानथाले ।

पहिले त केहीगर्ला किझैंगरी भाषण् गरे
अहिले त आफ्नोमात्रै स्वार्थपूर्ति गर्नथाले ।

आफूले नि नसक्नेरे अरुको नि नसहने
नपुंसक नेतालाई कति बन्न दिनु भाले ।

अरुको काम् भने सबै पारदर्शी हुनु पर्ने
आफ्नो काम कुराभने जैलेपनि जालेमाले ।

भोग्नलाई भोगिएथ्यो नेताहरू धेरै खाले
तर यिनिहरूले त बाबुको नि नामै फाले ।