एकताका विषयमा माओवादीले बोलायो बैठक, एमालेले दुई पद मध्ये एक पद रोज्नुपर्ने !

1019
views

काठमाडौं १८ पुस । पार्टी एकताका विषयमा माओवादी केन्द्रले आज विस्तारित छलफल गर्ने भएको छ । पार्टी एकता र सरकार गठनका विषयमा माओवादी केन्द्रले आज छलफल गर्ने भएको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पिकमल दाहाल ‘प्रचण्ड’ले एमालेलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक रोज्न प्रस्ताव गर्नेगरि खाका बनाउँदै छ ।
प्रचण्डले दुईमध्ये एक पद माओवादीले पाउनुपर्ने प्रस्ताव एमालेले नमाने पार्टी एकता नहुने गरि छलफल भइरहेको एक माओवादी स्रोतले जनाएको छ ।
एकता सम्मानजक हुनेगरी हुनुपर्ने र त्यस्तो अवस्था नदेखिए एकता सहज नहुने प्रचण्ड निकटस्थ नेताहरूले बताउँदै आएका छन् ।
पछिल्लो राजनीतिक अवस्था, नेकपा (एमाले)सँगको पार्टी एकता लगायतका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्रले आज केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाएको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार बैठक दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बस्नेछ ।